
पोखरा स्पोर्ट्स । कास्की जिल्ला टेनिस संघको आयोजनामा तथा गण्डकी प्रदेश टेनिस संघको समन्वयमा २२औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता–२०८२ आगामी पुस ११ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ ।
नेपाल टेनिस संघको स्वीकृतिमा आयोजना हुन लागेको उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत विभिन्न उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्स तथा डबल्स, वुमेन्स सिंगल्स तथा डबल्स, साथै भेट्रान्सतर्फ ३५, ४५, ५५, र ६५ वर्ष माथि उमेर समूहमा सिंगल्स तथा डबल्सका खेलहरू समावेश गरिएको छ । प्रतियोगितामा सबै इभेन्टतर्फका विजेताले नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूका लागि १४ वर्ष उमेर पुरा भएको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको संघले जनाएको छ ।
प्रतियोगितालाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारी भइरहेको कास्की जिल्ला टेनिस संघले जनाउँदै कुमार अधिकारीलाई टुर्नामेन्ट सुपरभाइजर तोकेको छ ।
गत वर्ष सम्पन्न २१औं संस्करणको ओपन महिलातर्फ सुनिरा थापा र पुरुषटर्फ़ आरव सम्राट हाडा च्याम्पियन भएका थिए ।
