विश्वकप वार्मअप: क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

पोखरा स्पोर्ट्स ।  क्यानडाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close