शिवालीको ग्राण्डस्लाम यात्रा : मन खोलेर पोखरेली टेनिस प्रेमीहरुले गरे सहयोग

पोखरा स्पोर्ट्स । भर्खरै १४ वर्ष उमेरमा पाइला टेकेकी शिवाली गुरूङ नेपाली टेनिसमा उदियमान खेलाडीको रुपमा आफूलाई स्थापित गर्न सफल खेलाडी हुन् । आफ्नो शिक्षासँगै टेनिसलाई आफ्नो जिवनको अभिन्न अङ्ग बनाएकी उनले टेनिसको आफ्नो छोटो यात्रामा पछि फर्किएर हेर्नु परेको छैन । गर्ल्स १४ वर्षको उमेर समुहमा एशियाली टेनिसको तेस्रो वरियतामा रहेकी शिवालीको यात्रा अब अस्ट्र्लियामा आयोजना हुने ‘ग्राण्डस्लाम अस्ट्रेलियन ओपन इलाइट ट्रफी २०२६’ मा हुदैछ ।

जनवरीमा आयोजना हुने सो प्रतियोगिता नेपाली खेलाडीको मात्रै नभई विश्वका टेनिस खेलाडीहरु सहभागि हुन पाउनु गर्वको विषय मात्रै होइन सपना जस्तै हो । तर त्यो सपनालाई विपनामा पुरा गरेकी छन् शिवालीले । यसका साथै पोखरामा जारी आइटिएफ जे३० वर्ल्ड टेनिस टुरमा एकै दिन दुई–दुई वटा उपाधि समेत जितेर सबै भन्दा कम उमेरमा जुनियर आइटिएफ जे३० मा उपाधि जित्ने नेपाली खेलाडीहरुमा आफ्नो नाम समेत लेखाइन् ।

सन २०२५ मा शिवालीले नेपालमा मात्रै नभई विश्वमा विभिन्न देशमा आयोजना भएका एक दर्जन बढि खेलमा सहभागिता जनाउँदै आफूलाई उर्वर टेनिस खेलाडीको रुपमा विश्व टेनिसमा स्थापित गर्न सफल भएकी छन् । यसै क्रममा उनको यात्रा अब अस्ट्रेलियामा हुनेछ । उनको यात्रा सफल बनाउन शनिबार एक कार्यक्रममा पोखरेलीहरु एक जुट भए । उनको ग्राण्डस्लाम यात्रामा हौसला बढाउन उनीहरुले मन खोलेर सहयोग गरे । सो क्रममा नगद ४ लाख बढि सहयोग गरे । जसमा पोखरेली टेनिसमा अभिभावकको जिम्मेवारीमा रहेका विनोद कास्यस्थले नगद दुई लाख सहयोग गरे ।

सो कार्यक्रममा बोल्दै अग्रज टेनिस खेलाडी लोक बहादुर गुरूङले शिवालीको सफल यात्रको शुभकामना दिंदै उनले नेपाली टेनिसमा मात्रै नभई विश्व टेनिसको मैदानमा नेपालको झण्डा फहराउन सफल हुने विश्वास व्यक्त गरे । सो अवसरमा बोल्दै नेपाल टेनिसका उपाध्यक्ष विनोद कायस्थले शिवालीको ग्राण्डस्लाम यात्राले नेपाली टेनिसको शिर उच्चो बनाएको बताउँदै उनको यात्राका लागि संहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा आफ्ना भनाई राख्दै अग्रज टेनिस खेलाडी तथा पर्यटन व्यवसायी सूर्य बहादुर भुजेलले नेपाली टेनिसमा शिवालीको उदयले अझै प्रतिभावना खेलाडीहरु उत्पादन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै ग्राण्डस्लाम यात्राको शुभकामना दिए ।

सो अवसरमा बोल्दै शिवालीले पोखरा आएर खेल्न पाउदा आफूलाई सँधै प्रोत्सहान प्राप्त भएको र आफ्नै घर जस्तै भएको बताइन् । उनले पोखरेली अग्रजहरुले गरेको सम्मानका लागि आभार व्यक्त गर्दै आगामी दिनका लागि थप हौसला प्राप्त भएको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close