इन्टर मियामीले पहिलो पटक जित्यो एमएलएस कपको उपाधि

पोखरा स्पोर्ट्स ।   इन्टर मियामीले एमएलएस कपको उपाधि जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा इन्टर मियामीले भान्कोभर ह्वाइट क्याप्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

इन्टर मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक एक गोल गरेका थिए भने एक गोल एडीएर ओकाम्पोले आत्मघाती गोल गरेका थिए । त्यस्तै भान्कोभरका लागि एक गोल अलि अहमदले गरेका थिए ।

एमएलएस कपको उपाधि इन्टर मियामीले पहिलो पटक जितेको हो । एमएलएस कप सबै भन्दा बढी पटक अहिलेसम्म एलए ग्यालेक्सीले ६ पटक जितेको छ भने डिसी युनाइटेडले ४ पटक जितेको छ ।

इन्टर मियामीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लियोनेल मेसी यस सिजनको एमएलएसको उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । इन्टर मियामीले उपाधि जितेपछि मेसीले आफु यो अवसरको पर्खाइमा रहेको बताउदै टिमका सबैले ठुलो मिहिनेतका कारण यो सम्भव भएको प्रतिक्रिया दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close