
पोखरा स्पोर्टस । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीएल) लिग सुरु हुन अब केही दिन बाँकी रहँदै लिगमा सहभागि हुने टिमले एक पछि अर्को गर्दै बिदेशी खेलाडीहरु अनुबन्ध गर्ने होड नै चलेको छ ।
यसै क्रममा चितवन शक्तिले रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको हो । चितवन शक्तिले पहिलो पटक अनुबन्ध गरेको अजरबैजानकी केन्सिया पावेल्निको नसक्ने भएपछि चितवनले हिटर अन्नालाई प्रतिस्थापन गरेको हो ।
२१ वर्षीया अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन् । उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन् । उनको उपस्थितीले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्ति टिमले लिएको छ ।
चितवनका लागि भारतीय मिडलब्लकर सुर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ । अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन् । उनले वात्सल्य महिला भलिबल लिगमा चितवनको लागि खेल्नेछिन् ।
चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् ।
