फिफा विश्वकप फुटबलको कुन समुहमा कुन देश परे ?

पोखरा स्पोर्ट्स । फिफा विश्वकप फुटबलको समुह चरणको ड्र भएको छ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा गएराती सम्पन्न विश्वकपको समुह चरणको ड्र मा ४८ देशलाई १२ समुहमा बिभाजन गरीएक छ ।

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।

समुह बिभाजन

समुह ए  
मेक्सिको
दक्षिण अफ्रिका
दक्षिण कोरिया
युरोप प्लेअफ (चेक रिपब्लिक/आयरल्याण्ड/डेनमार्क/उत्तरी माचेडोनीया)

समुह बी 
क्यानडा
कतार
स्वीजरल्याण्ड
युरोप प्लेअफ (वेल्स/ बोसिनिया हर्जगोभिना/ इटाली/उत्तरी आयरल्याण्ड)

समुह सी
ब्राजिल
मोरक्को
हैटी
स्कटल्याण्ड

समुह डी
अमेरिका
पराग्वे
अस्ट्रेलिया
युरोप प्लेअफ (स्लोभाकिया/कोसोभो/टर्की/रोमानिया)

समुह इ
जर्मनी
कुराकाओ
आभारी कोष्ट
इक्वेडर

समुह एफ
नेदरल्याण्डस
जापान
ट्युनिसिया
युरोप प्लेअफ (युक्रेन/स्विडेन/पोल्याण्ड/अल्बानिया)

समुह जी
बेल्जियम
इजिप्ट
इरान
न्यूजील्याण्ड

समुह एच 
स्पेन
केप भेर्डे
साउदी अरेबिया
उरुग्वे

समुह आई
फ्रान्स
सेनेगल
नर्वे
इन्टर कन्टिनेन्टल प्लेअफ (इराक/बोलिभिया/ सुरिनेम)

समुह जे
अर्जेन्टिना
अल्जेरिया
अस्ट्रिया
जोर्डन

समुह के
पोर्चुगल
उज्बेकिस्तान
कोलोम्बिया
इन्टर कन्टिनेन्टल प्लेअफ (डिआर कंगो/जमैका/ न्यू कालेडोनिया)

समुह एल
इङल्याण्ड
क्रोसिया
घाना 
पानामा

२०२२ को विश्वकप खेलेका २६ देश यस विश्वकपमा छनौट भएका छन् भने केप भार्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा छनौट भएका छन् । त्यस्तै हैटी १९७४ पछि पहिलो पटक विश्वकपमा फर्किएको छ भने अस्ट्रिया, नर्वे र स्कटल्याण्ड १९९८ पछि विश्वकपमा फर्किएका छन् ।    

हरेक समुहमा ४ देश हुने छन् भने समुह चरणको खेलपछि समुहको विजेता र उपविजेता राउण्ड ३२ मा पुग्ने छन् भने तेस्रो हुने ८ शिर्ष स्थानका टिम पनि राउण्ड ३२ मा पुग्ने छन् । २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाइ १९ मा हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close