
पोखरा स्पोर्टस । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा विजेता पोखरा अव्सुलुट तेक्वान्दोका खेलाडीलाई पदक वितरण गरिएको छ ।
नेपाल तेक्वन्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरेका हुन । उक्त प्रतियोगितामा दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगिताका लागि पोखरा अव्सुल्युट डोजाङका दुई जना खेलाडीलाई ट्रफी वितरण गरिएको डोजाङकी प्रमुख रेख मायाँ गुरुङले बताइन ।

अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेका लागि ११ वर्ष मुनीको खेलाडी गुनमाया गुरुङ र सुभन गुरुङ छनोट भएका थिए। गुनमायाँ ११ वर्ष मुनीको महिला छनोट तर्फको खेलमा प्रथम भएकी थिइन भने सुभन पुरुष ११ वर्ष मुनीको खेलमा प्रथम भएका थिए थिए भने ८ जना खेलाडी विभिन्न तौलमा पदक जितेका थिए ।
सोही अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद सं गण्डकीका संयोजक समेत रहेका पोखरेलले खेलाडीहरुलाई खेल पोशाक समेत वितरण गरेका थिए । उनले सो अवसरमा पोखरा अव्सुलुट डोजाङले प्रशंसनिय कार्य गरेको बताउँदै छनोट भएका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको पदक जित्नका लागि अग्रिम शुभकामना समेत दिए ।
उक्त प्रतियोगिता गत भदौको दोश्रो साता सञ्चालन भएको थियो ।
