फिफा विश्वकप फुटबलको समुह चरणको ‘ड्र’ आज हुदै

पोखरा स्पोर्ट्स । फिफा विश्वकप फुटबलको समुह चरणको ड्र आज हुदैछ । अमेरिकाको वाशिंगटन डिसीस्थित केनेडी सेन्टरमा विश्वकपको समुह चरणको ड्र नेपाली समय अनुसार आज राति १०: ४५ बजेदेखि हुदैछ ।

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । जसमा ४२ देशको टुंगो लागेको छ भने ६ देश प्लेअफ मार्फत छानिने छन् ।

अहिलेसम्म विश्वकपमा छानिएका देशहरुमा एशियाबाट अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान गरी ८ देश रहेका छन् । त्यस्तै अफ्रिकाबाट अल्जेरिया, केप भार्डे, इजिप्ट, घाना, आइभरी कोष्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया गरी ९ देश रहेका छन् ।

त्यस्तै उत्तर अमेरिकी क्षेत्रबाट अमेरिका, मेक्सिको र क्यानडा आयोजकको रुपमा छनौट भएका छन् भने कुराकाको, हैटी र पानामा गरि ६ देश छनौट भएका छन् । त्यसैगरी दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, इक्वेडर, पराग्वे र उरुग्वे गरी ६ देश छनौट भएका छन् ।

त्यसैगरी ओसियानाबाट न्यूजील्याण्ड छनौट भएको छ भने युरोपबाट अस्ट्रिया, बेल्जियम, क्रोसिया, इङल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्डस, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन र स्वीजरल्याण्ड गरी १२ देश छनौट भएका छन् ।

२०२२ को विश्वकप खेलेका २६ देश यस विश्वकपमा छनौट भएका छन् भने केप भार्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकपमा छनौट भएका छन् । त्यस्तै हैटी १९७४ पछि पहिलो पटक विश्वकपमा फर्किएको छ भने अस्ट्रिया, नर्वे र स्कटल्याण्ड १९९८ पछि विश्वकपमा फर्किएका छन् ।    

हरेक समुहमा ४ देश हुने छन् भने समुह चरणको खेलपछि समुहको विजेता र उपविजेता राउण्ड ३२ मा पुग्ने छन् भने तेस्रो हुने ८ शिर्ष स्थानका टिम पनि राउण्ड ३२ मा पुग्ने छन् । २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाय १९ मा हुने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close