मदरल्याण्ड माविमा तीनदिने वार्षिक खेलकुद सुरू

पोखरा स्पोर्ट्स । पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाउनेछन ।

व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउनेगरि विद्यालयमा खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । आचार्यका अनुसार तीनदिन अवधिमा छात्र तथा छात्राको ब्याडमिन्टन, भलिवल, बास्केटबल, चेस, टेवलटेनिस र फुटसलका गतिविधि हुनेछन । आन्तरिक प्रतिश्पर्धाका आधारमा उत्कृष्ट हुने विद्यार्थीले मेडल र प्रमाणपत्र समेत पाउनेछन । विद्यार्थीले व्यक्तिगत तथा समूहगत रुपमा प्रतिश्पर्धामा सहभागिता जनाएको पनि उनले बताए ।

आचार्यले खेल क्षेत्रमा नयाँ प्रतिभा पहिचान गर्नका लागि पनि यस्ता गतिविधि आवश्यक रहेको बताए । खेलाडीमा लुकेको खेल क्षमता देखाउने मैदान नै विद्यालय रहेको उनले बताए । ‘विद्यार्थीले विद्यालयकै मैदानमा आफ्नो क्षमता देखाउन पाउँनेछन । जसले गर्दा नयाँ खेलाडी उत्पादनमा पनि सहयोग हुनेछ,’ उनले भने, ‘खेल दौरान आफुलाई अब्बल सावित गर्ने मौका विद्यार्थीले पाउनेछन ।’

विद्यालयका प्राचार्य डा. नारायण बरालले बल हस्तान्तरण गर्दै वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा प्राचार्य बरालले विद्यालयमा हुने खेलका गतिविधि खेल्नका लागि मात्र नभई अनुशासन सिकाउने माध्यम समेत भएको बताए । ‘खेललाई मनोरञ्जनका गतिविधिका रुपमा मात्र बुझ्नु हुँदैन । खेल दौरान अपनाउनुपर्ने अनुशासन पनि यहाँ सिक्न पाइन्छ । किनकी खेलकुदमा अनुशासनको महत्व छ,’ उनले भने, ‘विद्यालयले पढाईका साथसाथै खेल क्षेत्रमा पनि विद्यार्थीलाई सहभागिता गराउँदै आएको छ । खेल क्षेत्रमा भविश्य खोज्नका लागि पनि यस्ता गतिविधि आवश्यक पर्छ ।’

विद्यालयले हरेक वर्ष विद्यालयमा खेलकुदका विभिन्न कार्यक्रम गर्दै आएको र भविश्यमा पनि यस्तै गतिविधि निरन्तर रहने उनले बताए । ‘कतिपय विद्यार्थीमा खेलकुदमा विशेष क्षमता हुन सक्छ । तर, अवसर नपाउँदा विद्यार्थीले क्षमता लुकाएर राख्नुपर्ने हुनसक्छ । विद्यार्थीले त्यस्ता विद्यार्थीका लागि क्षमता देखाउने मौका विद्यालयका गतिविधि हुनेछन,’ प्राचार्य बरालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close