आइटिएफ जे३० टेनिस पोखरा : तेस्रो दिनका खेलहरु उत्साहजनक रुपमा जारी

पोखरा स्पोर्ट्स  । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–१ राउण्ड अफ–१६ अन्तर्गतका खेलहरु उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्स/डबल्स तथा गर्ल्स सिंगल्स/डबल्सतर्फ राउण्ड अफ १६ का खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् ।

पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगिताको ब्वाइज सिंगल्सतर्फ भारतका फजल अली मीर र नेपालका आयुष्मान हजुर घलेको खेल रोचक रह्यो । तेस्रो सेटमा रिटायर्ड हुदा खेल छोड्न बाध्य भए । पहिलो र दोस्रो सेट १–१ ले आफ्नो पक्षमा परोका थिए । भारतीय खेलाडी फजल ६–७(१), ६–०, १–० खेल जित्दै क्वार्टरफाइनल स्थान सुरक्षित गरे ।

त्यस्तै दक्षिण कोरियाका युल हो जुंगले भारतका निकुंज खुरानालाई ६–१, ६–० ले सहज रूपमा हराउँदै अन्तिम आठमा प्रवेश गर्दा भारतका हर्ष मारवाहाले चीनका यांशुओ पानलाई १–६, ६–४, ६–२ ले हराउँदै क्वार्टरफाइनल ठाउँ बनाएका छन् । नेपालका प्रणव मानन्धरले भारतका शशांक साई प्रसाद कर्नाटीलाई ६–०, २–६, ६–० ले पराजित गर्दै अन्तिम आठमा पुगे भने श्रीलंकाका गनुका फर्नान्डोले नेपालका दर्शिल श्रेष्ठलाई ६–०, ६–२ ले हराउँदै क्वार्टरफाइनल यात्रा जारी राखेका छन् । भारतका प्रतीक श्योरनले सिंगापुरका रोबर्ट दोल्यालाई ७–६(३), ५–७, ७–६(७) को कडा खेलमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका छन् ।

गल्र्स यू–१८ सिङ्गल्सको राउण्ड अफ–१६मा भारतकी शताक्षिका सहायक शीर्ष सिडेड प्राप्त नेपालकी सुनिरा थापालाई ७–६(५), ६–४ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा अघि बढाएकी छन् । ताइपेकी के–चिएह ह्सुले भारतकी जान्हवी तम्मिनीडीलाई ६–४, ६–१ ले हराइन् भने भारतकी अनन्या जैनले सहदेशी ईशा शर्मालाई ६–१, ६–० ले सहजै पराजित गरिन् । क्यानाडाकी नोरा चौधरीले भारतकी ध्रुती गुन्डूलाई ६–३, ६–० ले हराउँदै अन्तिम आठमा स्थान बनाइन् ।

त्यसैगरी भारतकी रञ्जना संग्रामले पाँचौँ वरीयता प्राप्त सहदेशी सौम्या चटर्जीलाई ६–०, ६–१ ले पराजित गरिन् भने नेपालकी शिवाली गुरुङले भारतकी मेहा पाटिललाई ६–०, ६–० ले पराजित गर्दै प्रभावशाली जित दर्ता गरिन् । भारतकी तेजस्वी मानेनीले आठौँ वरीयता प्राप्त अमेरिकाकी नाला जोसेफिन मास्कीलाई ६–२, ६–३ ले हराइन्, जबकि भारतकी कार्तिका पद्माकुमारले चिनियाँ खेलाडी युनर चीलाई ६–०, ६–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्न सफल भए ।

यसै गरी ब्वाइज डबल्स यू–१८ को क्वार्टरफाइनलमा दक्षिण कोरियाका ह्योजिन हा र युल हो जुंगको जोडीले बंगलादेशका खब्बो गाएन र दोस्रो वरीयता प्राप्त चिनियाँ खेलाडी जियालियाङ गुोको जोडीलाई ७–६(५), ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् भने गर्ल्स डबल्स यू–१८ को क्वार्टरफाइनलमा भारतकी शताक्षिका सहायक र न्यूजिल्यान्डकी बोइदेही उकिलको जोडीले चिनियाँ युनर ची र अमेरिकाकी नाला जोसेफिन मास्कीको जोडीलाई ६–०, ६–३ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे ।

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स/गर्ल्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close