
पोखरा स्पोर्ट्स । राष्ट्रिय खेलकुद परिषदमा कार्यरत प्रशिक्षक नीरु दर्शनधारीको उपचारका क्रममा निधन भएको छ ।
राष्ट्रिय खेलकुद परिषदमा जिम्यान्याष्टिक खेलकी बरिष्ठ प्रशिक्षकका रुपमा कार्रयरत दर्शनधारी विगत केही बर्ष देखि क्यान्सर रोगको उपचार गराईरहनु भएको थियो । उहाँको मंगलबार साँझ निधन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
प्रशिक्षक दर्शनधारीको पार्थिव शरिरमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी समिति सदस्य कमल बहादुर भट्टराईले परिषद्को झण्डा ओढाएर सम्मान ब्यक्त गर्नु भयो ।
बुधवार परिषद्को प्रांगणमा आयोजित कार्यक्रमा प्रशिक्षक दर्शनधारी प्रति प्रशिक्षक खेलाडी तथा कर्मचारीहरुले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।
नीरु दर्शनधारी २०५२ भदौ देखि राष्ट्रिय खेलकुद परिषदमा जिम्न्याष्टिक प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको परिवारमा श्रीमान् हुनुहुन्छ ।
