पोखरामा साफ यू–१९ महिला च्याम्पियनसिप गर्ने तयारी !

पोखरा स्पोर्ट्स । लामो समय देखि अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष हेर्नबाट बञ्चित पोखरेलीहरुले अब त्यो अवसरमा पाउने भएका छन् ।

पोखरा रंगशालाको फुटबल स्टेडियममा १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक साफ यू१९ महिला फुटबल च्याम्पियनसिप गर्ने तयारी भएको हो । रंगशाला निर्माण सम्पन्न भए पछिको यो दोस्रो ठूलो प्रतियोगिता समेत हो । सन २०१९ मा पोखरा रंगशाला निर्माणकै क्रममा १३औं साग अन्तर्गतको महिला फुटबल आयोजना भएको थियो ।

फागुनमा नेपालमा तय भएको सो प्रतियोगिता पोखरामा आयोजना गर्न पहल गरेको जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङले बताए । उनले भने–“रंगशाला निर्माण भएको यति लामो समय वितिसक्दा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नहुुदा दुःख लाग्छ,” एन्फा गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष समेत रहेका उनले भने–“मैले यो विषयमा एन्फामा पटक पटक आवाज उठाएको छु । अब त्यो सपना साकार हुनेतर्फ अघि बढेको छ ।”

प्रतियोगिता तयारीका लागि एन्फाको एक टोली अबको केही दिनमा पोखरा आइपुग्ने अध्यक्ष गुरूङले जानकारी दिए । सन २०२६ को फेब्रुअरीमा राजधानी काठमाण्डौमा तय भएको साफ यू १९ महिला च्याम्पियनसिप आयोजनाको तयारीमा जुटेको एन्फाले देशकै ठूलो र दर्शक क्षमता समेत बढि रहेको प्रतियोगिताको लागि पहल सुरू गर्नु यस क्षेत्रको फुटबल विकासका लागि महत्वपूर्ण हुने उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close