टाइगर ग्रुपद्वारा द्वन्द पिडित विद्यार्थीहरुलाई शैक्षिक उन्नयनका लागि सहयोग

पोखरा स्पोर्ट्स । टाइगर ग्रुप अफ पोखरा नेपालले द्वन्द पिडित, असाहय तथा अनाथ बालबालिकाहरुको शैक्षिक उन्नयनका लागि नगद सहयोग गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष काठमाण्डौस्थित एकिकृत समृद्धि नेपाल संस्थालाई सो सहयोग गरेको हो । काठमाण्डौ तारकेश्वरमा रहेको सो संस्थाद्वारा सञ्चालित बालगृहमा द्वन्द पिडित, असाहय तथा अनाथ बालबालिकाहरु अध्ययनरत रहेकोले नगद सहयोग गरेको ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।

टाइगर ग्रुपले संस्थालाई नगद रु ५८ हजार ५५५ रुपैयाँ सहयोग गरेको ग्रुपका सचिब डिबी नेपाललीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।  उनका अनुसार संस्थाका अध्यक्ष भिम रोक्का र कोषाध्यक्ष जुनु पुन मगरलाई सो रकम हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष शर्माले देशका भोलीका कर्णधारहरुको पालन पोषणमा एकिकृत समृद्धि नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रशंसा समेत गरे । उनले कठिन एवं विषम परिस्थितीका बालबालिकाहरुको शैक्षिक उन्नयनका लागि सहयोग गर्न पाउँदा गर्व लागेको भन्दै उनीहरुको उज्वल भविष्यको कामना समेत गरे ।

सो अवसरमा टाइगर ग्रुपका कोषाध्यक्ष हरि श्रेष्ठ, कार्यसमितिका सदस्य एवं छैटौं टाइगर कप प्रतियोगिताका संयोजक राजकुमार गुरूङलगायतको सहभागिता रहेको थियो ।

टाइगर ग्रुपले हरेक वर्ष खेलकुदसँगै शिक्षा, स्वास्थ्य एवं सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

टाइगर ग्रुपको आयोजनामा छैटौं सस्करणको टाइगर कप भलिबल प्रतियोगिता आगामी माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close