एसीसी यू–१९ प्रिमियर कप : नेपाललाई १४८ रनको लक्ष्य, दयानन्दको ६ विकेट

पोखरा स्पोर्टस । एसीसी पुरुष यू–१९ प्रिमियर कपमा उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य पाएको छ ।

नेपाल विरुद्ध फाइनलमा पारीको सुरूवात गरेको यूएई ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएसँगै नेपालले १४८ रनको लक्ष्य पाएको हो ।

युएइलाई समेट्न नेपाली बलर दयानन्द मण्डलको भूमिका महत्वपूर्ण रह्यो । उनले ६.४ ओभरमा जम्म १७ रन दिदैं ६ विकेट हात पारे । त्यस्तै अपराजित पौडले २ र अशोक धामीले १ विकेट लिए । 

यूएईका लागि खुदादादले १२८ बलमा ७१ रनको पारी खेले ।

१४ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष तीन देश एसीसी पुरुष यू–१९ एशिया कपमा छनौट हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close