पदक विजेता खेलाडीलाई सम्मान

पोखरा स्पोर्टस । काठमाण्डौमा हालै सम्पन्न राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्कलाइन्ड वेन्च प्रेस प्रतियोगितामा विजेता कास्कीका खेलाडहरुलाई सम्मान गरिएको छ ।

नेपाल राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ संघ कास्कीले एक कार्यक्रम आयोजना गरी उक्त सम्मान गरेको हो । उक्त प्रतियोगितामा कास्की जिल्लाबाट सहभागि सुजन आले मगरले दुई वटा पदक जितेका थिए । उनले दुई छुट्टा छुट्टै इभेन्ट्मा एक स्वर्ण र एक रजत पदक जितेको संघका सदस्य मौलाद्धिन मियाँले जानकारी दिए ।

त्यसै गरी राधेश्याम मकाजुले रजत, किरण विकले रजत पदक जितेका थिए । उनीहरुलाई संघका अध्यक्ष सुनिल बहादुर कोइरालाले मायाँको चिनो सहित सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close