ओल्मो र यमलको गोलमा बार्सिलोना विजयी

पोखरा स्पोर्ट्स ।  स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि पाब्लो इबानेजले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १४ खेलमा ३४ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको रियल म्याड्रिड १३ खेलमा ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी आल्भेजको भने १४ खेलमा १५ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close