प्रतिभा माविमा फुटसल सुरू

पोखरा स्पोर्ट्स । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत शनिबारदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा छात्रहरुका विभिन्न समूहले आन्तरिक प्रतिश्पर्धा गरेका छन् ।

प्रतियोगिताको विद्यालयका प्राचार्य किरण सापकोटा, प्रतियोगिता संयोजक राकेश जोशी लगायतले उद्घाटन गरेका थिए । ३६ वटा टिमले भाग लिएको प्रतियोगितामा कक्षा ११ र १२ का विभिन्न कक्षाबाट छात्रहरुले सहभागिता जनाएका थिए । विद्यार्थी भित्रको खेल क्षमता पहिचान गर्नका लागि प्रतियोगिता आयोजना गरेको प्राचार्य सापकोटाले बताए ।

‘विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह गर्दै आएको छ । त्यही अन्तर्गत शनिबारदेखि फुटसल प्रतियोगिता थालेका छौं,’ सापकोटाले भने, ‘यसले खेलकुदमा क्षमता भएका विद्यार्थीले आफ्नो दक्षता देखाउन पाउनेछन ।’ फुटसल बाहेक विद्यालयले सप्ताहका अवसरमा खेलकुदका अरु गतिविधि पनि आयोजना गर्ने उनले बताए । अबको एकसाता प्रतिभा खेलकुदमय हुने पनि उनले बताए ।

प्रतियोगिता संयोजक जोशीका अनुसार विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनका विभिन्न सेक्सनका छात्रहरुले आपसी रुपमा टिम बनाएर प्रतियोगितामा भाग लिएका छन । ‘आन्तरिक प्रतिश्पर्धा भएपनि खेल क्षेत्रमा पहिचान बनाउने अवसर यस्तै प्रतियोगिताबाट पाउने हो । यसले खेलाडीाम रहेको खेल क्षमताको पहिचान हुनेछ,’ उनले भने । उनका अनुसार प्रतियोगिताका उत्कृष्ट हुने टिमलाई पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close