एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र युएई खेल्ने

पोखरा स्पोर्ट्स ।  नेपाल र युइए एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा पुगेका छन् । 

शनिबार सम्पन्न सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएका छन् ।

अब फाइनल खेल आगामी सोमबार हुने छ । त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि सोमबार नै हुने छ । यो खेल जित्ने देश पनि तेस्रो हुदै एशिया कपमा छनौट हुने छ ।

यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close