
पोखरा स्पोर्ट्स । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ ।
शुक्रबार राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले सदस्य–सचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन् ।
सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए ।
घिसिङको चार बर्षेकार्यकाल आजदेखि सकिदैछ । घिसिङलाई तत्कालिन मन्त्रिपरिषदले २०७८ मङ्सिर १३ गते नियुक्त गरेको थियो ।
त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । २०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य–सचिव घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेकोमा बिदाइ गरिएको हो ।
सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ गरिएको थियो । साथै मिसन– २०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई पनि किट्स वितरण गरिएको थियो ।
सदस्य–सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
सदस्य–सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूदपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडीलाई धन्यवाद दिए ।
