एसीसी पुरुष यू–१९ प्रिमियर कप : नेपालले ब्याटिङ गर्दै

पोखरा स्पोर्टस । एसीसी पुरुष यू–१९ प्रिमियर कप अन्तर्गत नेपालले आज हङकङको सामना गर्दैछ । नेपालले यो खेलमा टस जितेर पारीको सुरूवात गर्दैछ ।

प्रतियोगितामा नेपालले साउदी अरेबियालाई पराजित गर्दै र हङकङले पनि साउदी अरेबियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ । समुह विजेता सिधै सेमिफाइनलमा प्रवेश गर्ने हुनाले दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था ।

१४ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष तीन देश एसीसी पुरुष यू–१९ एशिया कपमा छनौट हुने छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिम यो प्रतियोगिता खेल्न युएई पठाएको छ ।

नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, सिब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close