एसीसी यू-१९ प्रिमियर कपमा नेपालको विजयी शुरुवात, साउदी अरेबियामाथि ८ विकेटको जित

पोखरा स्पोर्ट्स ।  एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ । नेपालले साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको २१९ रनको लक्ष्य पछाएको नेपालले ३०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि निरज कुमार यादवले ११४ रनको शतकीय पारी खेलेका थिए भने निश्चल क्षेत्रीले अविजित ६६ र वंश क्षेत्रीले ३० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल हङकङविरुद्ध नोभेम्बर २७ मा खेल्दैछ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close