विश्वकप उपविजेता दृष्टिविहिन महिला क्रिकेट टोलीलाई क्यानले दियो नगद १० लाख

पोखरा स्पोर्ट्स ।  नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो महिला टी-२० विश्वकप २०२५ – दृष्टिविहीन क्रिकेटमा उपविजेता भएको नेपाली टिमलाई १० लाख नगद दिएको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गर्दै क्यानले १० लाख रकम हस्तान्तरण गरेको हो ।

सो अवसरमा आजको एनपीएल खेल्ने टिम लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजका खेलाडी र प्रशिक्षण टिमले समेत नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई भेटेर बधाई दिएका थिए ।

नेपाली दृष्टिविहीन महिला क्रिकेट टिम श्रीलंकाको कोलम्बोमा भएको फाइनल खेलमा भारतसँग पराजित हुदै उपविजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close