घरेलु मैदानमै एभर्टनसँग म्यानचेस्टर युनाइटेड पराजित

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड तफोर्डमै एभर्टनले १-० गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो ।

एभर्टनको जितमा खेलको २९औं मिनेटमा कियरम्यान डेवसबरी हलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसअघि खेलको १३औं मिनेटमा नै इड्रीसा गुएयले रातो कार्ड पाए पछि एभर्टन १० खेलाडीमा सिमित रहेको थियो ।

यो जितपछि एभर्टनको १२ खेलमा १८ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडको भने १२ खेलमा १८ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close