कास्की जिल्ला टेनिसको ११औं साधारण सभा : एकजुट भएर टेनिसको विकास गर्छौं

पोखरा स्पोर्ट्स । कास्की जिल्ला टेनिस संघको ११औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

सो साधारण सभाको उद्घाट्न गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले कास्की टेनिसले टेनिस खेलको विकासमा गरेको योगदान सबैका लागि अनुकरणिय रहेको बताएका छन् । उनले भने–“यहाँहरुले टेनिसको विकासमा गरेको योगदान महत्वपूर्ण छ । जिल्ला खेलकुद यहाँहरुसँग मिलेर अघि बढ्नेछ ।”

जिल्ला खेलकुदले पोखरा रंगशालाको संरक्षणका लागि विभिन्न कार्यहरु अघि बढाएको उल्लेख गर्दै अध्यक्ष गुरूङले सुरक्षित रंगशालाका लागि सिसि क्यामेरा जडान, फुट ट्रयाकको निर्माण, पानीको समस्याको समधानलगायतका कार्यहरु अघि बढाएको उनले जनाए । उनले पोखरा रंगशाला प्रवेशको सहजताका लागि दक्षिणतर्फको गेट समेत खोल्ने गरी तयारी गरिएको बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी टेनिसका अध्यक्ष बिनोद कायस्थले पोखरालाई टेनिस हवको रुपमा विकास गर्न एकेडेमी निर्माण गर्ने गरी सुरूवात भएको बताए । उनले भने–“हो हामीसँग पोखरा रंगशालामा देशले नै गौरव गर्ने पूर्वाधार छ । तर अव हामी टेनिसको विकासका लागि राष्ट्रियस्तरकै एकेडेमी निर्माण गर्ने गरी जग्गाको खोजीमा छौं । त्यो एकेडेमी पोखरामा नै निर्माण हुने गरी हामीले योजना बनाएका छौं ।”

कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ (राजु)को अध्यक्षतामा भएको कार्यक्रममा उनले टेनिस खेलको विकासमा सबैको योगदान उत्तिकै महत्व रहेको जनाउँदै वर्तमान कार्यसमिति अझै कशिलो बन्दै गएको उल्लेख गरे । उनले भने–“हामी अझै एकतावद्ध बन्दै टेनिसको विकासमा पारदर्शीरुपमा अघि बढेका छौं । सबैको योगदान स्मरणिय र प्रभावकारी छ । म अध्यक्षको हैसियतले सबैलाई आभार व्यक्त गर्दछु ।”

सो अवसरमा कास्की टेनिसका सल्लाहकार सूर्य भुजेलले नेपाली टेनिसमा कास्की टेनिसको योगदानको इतिहास रोचक र महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै एकजुट बन्दै अझै अघि बढ्नुपर्ने औंल्याए ।

कार्यक्रममा कास्की टेनिसका प्रथम उपाध्यक्ष नविन चालिसेले स्वागत मन्तव्य राख्दै कार्यसमितिलाई अझै जिम्मेवार र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा कास्की टेनिसका सचिव भिष्मराज पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै खेलाडी उत्पादनलगायत माछापुच्छ्रे टेनिस, जे३० आइटिएफ तथा जुनियर टेनिस प्रतियोगिताहरुलाई अझै प्रभावकारी बनाउँदै अघि बढ्ने बताए । कार्यक्रममा विशेष कारणले अनुपस्थित रहेका कोषाध्यक्ष विष्णु थापाको प्रतिवेदन समेत सचिब पौडेलले प्रस्तुत गरेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close