आहा ! रारा पोखरा गोल्डकप : यस्तो छ आयोजक टोली

पोखरा स्पोर्टस । आहा ! रारा पोखरा गोल्डकपमा आयोजक सहारा क्लब तीन बिदेशी खेलाडीसहित मैदानमा उत्रिने छ ।

पोखरा रंगशालामा भोली माघ २२ गते हुने उद्घाटन खेलमा आयोजकले नेपाली विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । सहारा क्लब पोखराले यस पटक तीन बिदेशी सहित केही आफ्नो एकेडेमीमा उत्पादित यूवा खेलाडीहरुका साथ मैदानमा उत्रिदैं छ ।

आयोजक सहाराको टोलीमा आरनोल्ड, म्याथिउ र विलियम सेसेहान गरी तीन विदेशी खेलाडी रहने छन् । त्यस्तै सहारा एकेडेमीबाट उत्पादित तेस्रो व्याचका मुकुन्द निउरे, सन्तोष शाही, भागवत चौधरीलाई मैदान उतार्ने छ भने दोस्रो व्याचका शुसिल लामाले २४ औं संस्करणमा टिमको कप्तानी सम्हाल्ने छन् ।

त्यसै गरी सहाराको टिममा सन्तोष महत, संगम ठकुरी, सरोज तितुङ, भिसन गुरूङ, शान्त बहादुर गुरूङ, हेमन्त तामाङ पहिलो ११ का रोजाइमा छन् भने अतिरिक्त खेलाडीमा अशोक रेग्मी, आकाश थपलिया, रोशन छन्त्याल, राजकुमार कुंवर, अंकित गुरूङ, आशिष गुरूङ, शुसिल बराल र अभिषेक राना रहेका छन् ।

यसै गरी टिमको प्रशिक्षकमा सुनिल राना, टिम व्यवस्थापकमा राजेश पुन र फिजियोमा रबी कुमार ठाकुर रहेका छन् ।

नेपाल पुलिस क्लबका लागि पोखरा रंगशालाको पिच निकै भाग्यमानी मानिन्छ । नेपाल पुलिसले आहा रारा गोल्डकपमा ६ पटक उपाधि जितेको छ भने क्याराभान कपको बिजेता समेत नेपाल पुलिस नै हो । त्यसै गरी नेपाल पुलिस दुई पटक उपविजेता रहेको छ । यता सहारा दुई पटक उपविजेता बनेको इतिहास छ । सहारा २०६० र २०७३ मा उपविजेता बनेको थियो ।

केही युवा खेलाडी र बिदेशी खेलाडीसहित मैदानमा उत्रिने सहारा र विभागिय टोली नेपाल पुलिस क्लब बीचको खेल निकै रोचक हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close