पोखरामा छात्र/छात्रा विद्यालयस्तरीय ह्याण्डबल : पहिलो दिन लिग चरणका खेल सुरू

 

पोखरा स्पोर्ट्स । पोखरामा विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता सुरू भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा सुरू भएको उक्त प्रतियोगिताको एक कार्यक्रमका बीच निजि विद्यालयहरुको छाता संस्था प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष गौतमले पोखरालाई खेलकुदको हव बनाउन प्याब्सन कास्कीले समेत महत्वपूर्ण भूमिका खेलेको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए । कास्की जिल्ला ह्याण्डबल संघले विद्यार्थीहरुका बीच प्रतियोगिता आयोजना गरेर आपसी भाइचारा र सम्वन्धको विकासका लागि योगदान दिएको बताउँदै उनले प्रशंसा समेत गरे । समाजमा रहेको असमानता हटाउन खेलकुदको भूमिका अहम हुने बताउँदै ठूला भनिएका देशहरुलाई समेत खेलकुदमार्फत नै जित्न सकिने उनको भनाई थियो ।

सो अवसरमा गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले एचएफबाट प्राप्त बल कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र बहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

कास्की ह्याण्डबल संघका अध्यक्ष थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उनले सबैको सहयोगका लागि आभार व्यक्त गर्दै विगत ९ वर्ष देखि निरन्तर रुपमा विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता कास्कीमा सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष टेक बहादुर गुरूङ सचिब कृष्ण लम्सालले समेत आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा छात्रतर्फ २० टिम तथा छात्रातर्फ १२ टिम गरी कुल ३२ टिमको सहभागिता रहेको कास्की ह्याण्डबलले जनाएको छ । प्रतियोगितामा छात्रतर्फ ३२ खेल तथा छात्रातर्फ १२ खेल हुनेछन् ।

प्रतियोगितामा छात्ररछात्रा दुबैतर्फ बिजेता, उपविजेता, र तेस्रो स्थान प्राप्त गर्ने टिमले कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी अन्य विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितालाई जिल्ला खेलकुद विकास समिति प्रवर्द्धक रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा ग्रिन बुक्स प्रकाशन तथा वितरक प्रालि रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close