नवौं पिभिटिसी कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपको तयारी सुरू

पोखरा स्पोर्ट्स । पोखरामा सञ्चालन हुने पिभिटिसी कप महिला तथा पुरूष क्लबस्तरीय भलिबल च्याम्पियनसिपको तयारी सुरू भएको छ ।

नवौं संस्करणको उक्त प्रतियोगिता यहि मंसिर ९ देखि १३ गते सम्म पोखरा ३, नदिपुर स्थित भलिबल प्रशिक्षण केन्द्र (छन्त्याल समाज)मा सञ्चालन हुने भएको हो । भलिबल प्रशिक्षण केन्द्र पोखराको आयोजनामा सञ्चालन हुने सो प्रतियोगितामा पुरूषतर्फ १० टिमको सहभागिता हुने खेल संयोजक मनोज खड्काले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

प्रदेश खेलकुद परिषद गण्डकीको समेत सहकार्य हुने सो प्रतियोगितामा पुरूषतर्फ उपाधि विजेता टिमले नगद रु १ लाख ५० हजार र उपविजेताले १ लाख तथा महिला तर्फ विजेताले नगद ६० हजार तथा उपविजेताले नगद रु ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल)ले जानकारी दिएका छन् ।

यसै गरी उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, प्रशिक्षक र उदियमान खेलाडीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिोगितामा सहभागिता जनाउने टिमले सिनियर राष्ट्रिय खेलाडी तीनजनालाई समावेश गर्न पाइने गरी प्रावधान राखेको संयोजक खड्काले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च लाग्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close