
पोखरा स्पोर्टस । फुटबल प्रशिक्षक प्रदिप हुमागाईले सहारा क्लव पोखरा द्वारा सञ्चालित सहारा एकेडेमी लाई आर्थिक सहयोग गरेका छन ।
प्रशिक्षक हुमागाईले एकेडेमीलाई निरन्तर रुपमा तेश्रो पटक सहयोग गरेका हुन । एकेडेमीलाई मन्दिरको रुपमा मान्ने गरेका हुमागाई मंगलबार एकेडेमीमा पुगेर एक सय डलर (नेपाली करिब ११ हजार रुपैया) एकेडेमीको लागि आर्थिक सहयोग समेत गरेका हुुन् । हुमागाईले जुलाई ७ लाई ‘स्पेशल डे’ का रुपमा रहेकोको एकेडेमीमा लाई सहयोग गरेको बताएका उनले आगामी दिनमा समेत सहारा एकेडेमीमा आफुले सक्दो सहयोग गर्ने वचनदिए ।
थ्रि स्टार क्लवको प्रशिक्षक सहित विदेशमा समेत प्रशिक्षण गराएको अनुभव रहेका हुमागाईले वालबालिकाहरुलाई राम्रो प्रशिक्षण गर्न सके भविश्यमा राम्रा खेलाडी उत्पादन गर्न सकिने दाबी गरे । सहारा क्लव पोखराका अध्यक्ष केशव वहादुर थापाले हुमागाईलाई हरेक बर्ष सहयोग गर्न आएकोमा धन्यवाद दिएका छन् । सहारा एकेडेमीमा १४ जिल्लाका २५ जना विपन्न तथा कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन ।
