
पोखरा स्पोर्ट्स । पोखरामा बिहिबारबाट सुरू हुने कास्की जिल्ला विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
कास्की जिल्ला ह्याण्डबल संघको आयोजना तथा प्रदेश ह्याण्डबल संघको विशेष सहयोगमा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको कास्की जिल्ला ह्याण्डबल संघे जनाएको छ । संघका अध्यक्ष चित्र बहादुर थापाका अनुसार तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ २० टिम तथा छात्रातर्फ १२ टिम गरी कुल ३२ टिमको सहभागिता रहेको कास्की ह्याण्डबलले जनाएको छ । प्रतियोगितामा छात्रतर्फ ३२ खेल तथा छात्रातर्फ १२ खेल हुनेछन् ।
प्रतियोगितामा छात्र/छात्रा दुबैतर्फ बिजेता, उपविजेता, र तेस्रो स्थान प्राप्त गर्ने टिमले कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी अन्य विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।
प्रतियोगितालाई जिल्ला खेलकुद विकास समिति प्रवर्द्धक रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा ग्रिन बुक्स प्रकाशन तथा वितरक प्रालि रहेको छ । प्रतियोगिताको उद्घाटन बुधबार ११ बजे ह्याण्डबल एकेडेमीको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
