विश्वकप छनौट: जर्जियाविरुद्ध स्पेनको शानदार जित

पोखरा स्पोर्ट्स /  स्पेन फिफा विश्वकप छनौटको नजिक पुगेको छ । युरोप छनौट अन्तर्गत गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा मिकेल ओयारजबालले २ गोल गरेका थिए भने मार्टिन जुबीमेन्डी र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि स्पेनको समुह इ मा ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । स्पेन विश्वकपमा छनौट हुने लगभग निश्चित रहेको छ ।

यस समुहमा दोस्रो स्थानमा रहेको टर्कीको ५ खेलमा १२ अंक रहेको छ भने जर्जियाको ५ खेलमा ३ अंक रहेको छ । त्यस्तै बुल्गेरियाको ५ खेलमा शुन्य अंक रहेको छ । स्पेनले अब अर्को खेल नोभेम्बर १९ मा टर्कीविरुद्ध खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close