बिनिताको अर्धशतकिय पारीमा अस्ट्रेलिया विरुद्ध नेपालको सनसनीपूर्ण जित

पोखरा स्पोटै्स । बिनिता सोमाइको अर्धशतकिय पारीमा दृष्टिबिहिन महिला टि२० विश्वकपमा नेपालले अस्ट्रेलिया विरुद्ध सनशनीपूर्ण जित निकालेको छ ।

दृष्टिविहिन महिला क्रिकेट इतिहासमा नै पहिलो पटक अस्ट्रेलिया विरुद्ध भिडेको नेपालले १३७ रनको लक्ष्य पछयाउँदै १५.१ ओभरमा जित निकालेको हो । 

नेपालको जितमा बिनिता सोमाईले अर्धशतकिए पारी मात्रै खेलिनन उनले ३७ बलमा ५ चौकाको मद्धतमा नटआउट रहँदै ५६ रनको महत्वपूर्ण पारी खेलिन् । खेलमा बिनिता ओमन अफ दि म्याच बनेकी छन् ।

यस अघि नेपालले २ रनमा नै विकेट गुमाउन पुगेको थियो । गिता पौडेल १ रनमा आउट भएकी थिइन् । तर तेस्रो क्रममा आएकी सुष्मा तामाङ र विनिताको जोडीले ७६ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ उन्मुख गराएका थिए ।

सुष्मा ३२ बलमा २२ रन बनाएर आउट हुँदा मनकेसी चौधरीले पारी सम्हाल्दै अस्ट्रेलियन बलर विरुद्ध हाबी बनिन् । उनले १८ बलमा ४३ रन बनाउँदै नेपालको जित शुनिस्चित गरिन् । मनकेसीले आफ्नो पारीमा ८ चौका प्रहार गरिन् । 

नेपालले जारी विश्वकपमा दुईमा जित र एकमा हार व्यहोरेको छ । नेपालले यस अघि श्रीलंका विरुद्ध जित निकाले पनि भारत विरुद्ध भने पराजित भएको थियो । नेपालले भोली अमेरिका विरुद्ध खेल्ने छ ।

दृष्टिविहिन क्रिकेट संघ नेपाल (क्याब) नेपालका महासचिब अमृत बरालले नेपालले, जितको लयलाई कायम गरेको भन्दै टिमलाई बधाई दिएका छन् । उनले भने–“अस्ट्रेलिया जस्तो सम्पन्न मुलुकसँग खेल जित्नु नेपालीका लागि गर्वको विषय हो । यो जितले नेपाली दृष्टिविहिन महिला टोलीलाई थप उचाईमा पुर्याएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close