पोखरा फुटबल स्टेडियममा यसरी हुँदैछ सरसफाई

पोखरा स्पोर्ट्स । जिल्ला खेलकुद विकास समिति कास्कीले पोखरा फुटबल स्टेडियमको प्यारापिटको मुनी समेत सरसफाई कार्य सुरूवात गरेको छ ।

निर्माण सम्पन्न भएको सात वर्ष पछि स्टेडियम प्यारापिटको मुनी जम्मा भएको फोहोर संकलन कार्य सुरू गरेको हो । आसन्न साफ यू१९ महिला च्याम्पियनसिपलाई मध्येनजर गर्दै स्टेडियमको सबै क्षेत्रमा सरसफाई सुरू गरिएको समितिका अध्यक्ष मिलन गुरूङले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

“स्टेडियम बनेको सात–आठ वर्ष सम्म यो स्थान सरसफाई गर्नु पर्छ भन्नेमा कसैको ध्यान पुगेन” अध्यक्ष गुरूङले भने–“हामीले रंगशालाको बाहिर मात्रै होइन वर्षौ देखि ध्यान पुग्न नसकेको स्थानलाई समेत सरसफाई गर्दै यो अभियानमा जुटेका छौं ।”

स्टेडियमको चारैतर्फ प्यानलले ढाकिएको कारणले पनि स्टेडियम मुनी जम्मा भएको फोहोरमा ध्यान पुग्न नसेको जनाउँदै त्यहाँ जम्मा भएको पानीका प्लाष्टिकका बोत्तल,, प्लाष्टिक र अन्य फोहोरहरु संकलन कार्य सुरू गरेको अध्यक्ष गुरूङले जनाए । “अहिले दैनिक तीनजना सरसफाई कर्मीहरु यो काममा खटिएका छन् । स्टेडियमको सबै क्षेत्र सफा गर्न कम्तिमा एक साता लाग्न सक्छ”। उनले भने ।

पोखरा रंगशालामा विगतमा फिटिङ गरिएको प्यानल बोर्ड पानी र घामले विर्गिएसँगै दर्शकहरुले पानीका बोत्तल र अन्य फोहोरहरु त्यहाँबाट फाल्ने गरेका थिए । तर निर्माण कम्पनीले ति बोर्डहरु फेर्ने कार्यको सुरूवात गरिसकेको छ भने स्टेडियमको अधिंकांश स्थानमा स्टिल प्यानलहरु फेरिएको अध्यक्ष गुरूङले जानकारी दिए ।

पोखरा रंगशालालाई हरियालीसँगै वातावरण मैत्री बनाउने अभियानमा जिल्ला खेलकुदले सबैलाई आग्रह गरे बमोजिम विभिन्न जातका विरुवाहरु तथा फलफुलका विरुवाहरु समेत रापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close