युटिआर प्रो टेनिसमा अभिषेकको ऐतिहासिक जित

पोखरा स्पोर्ट्स ।
भारतमा जारी युटिआर प्रो टेनिस प्रतियोगितामा नेपालका अभिषेक बास्तोलाले महत्वपूर्ण जित दर्ता गरेका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा उनले भारतका नीरज यशपाललाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थानका लागि हुने प्ले–अफ फाइनलमा प्रवेश गरेका हुन् ।

आरबिटिएको कोर्ट ०२ मा भएको खेलमा अभिषेकले उत्कृष्ट लय प्रदर्शन गर्दै सुरुदेखि अन्त्यसम्म खेलमा नियन्त्रण कायम राखेका थिए ।

अब अभिषेकले भोलि हुने थर्ड–प्लेस प्लेअफ फाइनलमा भारतका लोहिताक्षा बद्रिनाथसँग भिड्नेछन् ।

युटिआर प्रो टेनिसको स्तरमा नेपाली खेलाडीको यस्तो प्रदर्शन उल्लेखनीय प्रगति मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close