अध्यक्ष जिवनरामले गरे बेसबल टोलीको विदाई

पोखरा, २७ असार ।  श्रीलंकामा आयोजना हुने १४ औं बीएफए वेष्ट एसिया बेसबल कपमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । कोलम्बोमा सोमबारबाट सुरु हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

श्रीलंका जाने टोलीमा  इश्वर थापा, अनिल परियार, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसैन, पदमसिंह पुजारा, नवीन आले, अमृत नेपाली, मनकुमार मल, विमल लामिछाने, सुवास बोहरा, नरेन्द्रप्रसाद जोशी, इश्वर केसी, प्रशन्न शाक्य, निश्चल केसी, सगुन खिचाजु, राजेश बस्नेत, छिरिङ तामाङ, सुशील सारु र पर्वतविक्रम थापा रहेका छन् ।

सल्लाहकारमा योहेइ कोबायासी, स्कोररमा हिडेतोशी सुजुकी, अम्पायरमा अभिषेक कार्की, व्यवस्थापकमा जीवन केसी, प्रशिक्षकमा विपिन वज्राचार्य, रोशन थापा र दिनेश वजगाईं तथा टोली नेतामा दीपक न्यौपाने छन् ।

पाकिस्तानमा २०१७ मा भएको गत संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । तेश्रो स्थानका लागि भएको खेलमा नेपाल इरानसंग पराजित भएको थियो । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने छ । नेपालसंगै समूह ‘ए’ मा श्रीलंका र भारत छन् भने समूह ‘बी’ मा पाकिस्तान, बंगलादेश र इरान रहेका छन् ।

टोलीलाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close