सहारा एकेडेमीलाई निर्मलपोखरीका विष्णु गिरीको सहयोग

पोखरा स्पोर्ट्स ।  पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीलाई निर्मलपोखरी, पोखरा–२१ निवासी विष्णु गिरीले सहयोग गरेका छन् । सोमबार उनले एकेडेमीका बालकहरूको लागि ३४ थान जर्सी सेट, ३४ थान मोजा र खाजाका लागि नगद ५ हजार सहित करिब ५० हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरे ।

गिरीले उक्त सहयोग एकेडेमी संयोजक विष्णु गुरुङ र बालकहरूलाई संयुक्त रूपमा प्रदान गरे । लामो समयदेखि सहयोग गर्ने इच्छा रहँदै आएको बताउँदै उनले यसपालि प्रत्यक्ष सहयोग गर्न पाउँदा अत्यन्त खुशी र गौरव लागेको प्रतिक्रिया दिए । साथै, आगामी दिनहरूमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा समन्वयकका रूपमा शिशिर गिरी रहेका थिए भने अजय गिरी, रोशन गिरी, जनक रायमाझी र आमा ईश्वरी गिरीको पनि उपस्थिती रहेको थियो ।

सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीमा हाल चौथो ब्याचका रूपमा ३० जना बालकहरू आश्रित रहेको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । सहयोगी गिरीलाई क्लब अध्यक्ष थापा र एकेडेमी संयोजक गुरुङले खादा र फूलगुच्छाले सम्मान गरे ।

कार्यक्रममा क्लब उपाध्यक्ष बिनु राना मगर, महासचिव गंगाराज पौडेल, सचिव ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्ष लिलबहादुर थापा, कार्यसमिति सदस्य अमरबहादुर राजभण्डारी, प्रमिला घले, विजय गुरुङ तथा पूर्व सदस्य रविन श्रेष्ठको समेत सहभागिता थियो ।

कार्यक्रम समापनमा एकेडेमी संयोजक विष्णु गुरुङले सहयोगी हातहरू प्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close