पोखरा म्याराथनका सहयोगी योगेशलाई मञ्चले गर्यो विदाई

पोखरा, भुतपुर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १४ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका सहयोगी एवम समाजसेवी योगेश गुरुङ आज पोखरा बाट बेलायत प्रस्थान गरेका छन ।

भुतपुर्व खेलाडी मञ्चका महासचिब खेम गुरुङ, सचिब कृष्ण तिमिल्सिना र सह कोषाध्यक्ष महेश पौडेलले आज योगेश लाई पोखरा विमानस्थलमा विदाई गरेका थिए ।

समाजसेवी गुरुङले पोखरा म्याराथनका लागि ७ लाख ५१ हजार नगद सहयोग गरेका थिए । सहारा युकेका सदस्य समेत रहेका योगेशले युके स्थित विभिन्न संघ संस्था र महानुभावहरुबाट उक्त सहयोग रकम संकलन गरेका थिए ।

विमानस्थलमा कुरा गर्दै समाजसेवी योगेशले अर्को वर्ष आयोजना हुने १५ औं सस्करणका लागि थप सहयोग रकम जुटाउने बताएका छन । पोखरा म्याराथनको पुरस्कार राशी समेतका लागि सहयोग रकम जुटाउने र केही रकम अक्षय कोषका लागि समेत जुटाउने बताएका छन ।

विदाई कार्यक्रममा पोखरेली मञ्चका सल्लाहाकार महेश गुरुङ, सहारा युकेका अध्यक्ष कुमार गुरुङ, तमु र्धिका कार्यबाहक अध्यक्ष हुम तमु लगाएत उपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close