काभा यू–१९ महिला भलिबलः नेपाल फाइनलमा

पोखरा स्पोर्टस । काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपाल फाइनलमा स्थान पक्का गरेको छ ।

शनिबार भएको सेमीफाइनलमा मालदिभ्सलाई ३–०को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

मालदिभ्स विरुद्ध खेल्दै पहिलो सेट २५–११, दोस्रो सेट २५–०३ र तेस्रो सेट २५–०५ ले जित्दै फाइनलमा स्थान बनाउन सफल भएको छ ।

जारी प्रतियोगितामा नेपालसहित मालदिभ्स, किर्गिस्तान, श्रीलंका गरी चार देशको सहभागिता रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close