‘केभीआर समिट च्यालेन्ज’ तेस्रो संस्करणमा विशाल राई र मारिजे गुवर्टसन विजेता

पोखरा स्पोर्ट्स । केभीआर समिट च्यालेन्जको तेस्रो संस्करणअन्तर्गत दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन विजेता बनेका छन् ।

ट्रेलमान्डु नेपालद्वारा शनिबार आयोजित २१ किलोमिटरको दौडमा विशालले दुई घन्टा ३१ मिनेटमा फिनिस गर्दै पहिलो स्थान हासिल गरे । नेपालकै वीरेन्द्र पाण्डे दुई घन्टा ४२ मिनेटमा दोस्रो र युगल राई तीन घन्टा ३७ मिनेटमा तेस्रो स्थानमा रहे ।

महिला वर्गमा मारिजेले तीन घन्टा ३७ मिनेटमा दौड पूरा गर्दै विजेता बनिन् । स्कटल्यान्डकी जर्जिया टिन्डले (४ः०७ः५०) दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारी (४ः०९ः५१) तेस्रो स्थानमा रहे ।

२१ किमिको रेस स्युचाटारबाट सुरु भएर गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ हुँदै सूर्यचौरमा सम्पन्न भएको थियो । ट्रेल रनिङमा नयाँ धावकहरूलाई प्रोत्साहन गर्न ७ किमिको फन रन÷हाइक पनि आयोजना गरिएको थियो ।

फन रनमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा (१ घन्टा १० मिनेट) पहिलो, लबिन गुरुङ (१ घन्टा ११ मिनेट) दोस्रो र समिर कार्की (१ घन्टा १२ मिनेट) तेस्रो भए । महिला वर्गमा अनिमा शेर्पा (१ घन्टा २८ मिनेट) पहिलो, फिलयोर माउन्टजोय (१ घन्टा ३० मिनेट) दोस्रो र आमानडाइन फेमी (१ घन्टा ३४ मिनेट) तेस्रो स्थानमा रहे ।

दोस्रो चरणमा स्वदेशीसहित १० देशका धावकधाविकाको सहभागिता रहेको थियो ।  २१ किमि दौडमा ११२ जना र ७ किमिमा ३० जना सहभागी थिए ।

केभीआर समिट च्यालेन्जमा पाँच चरण हुने छन् । अबको रेस क्रमशः डिसेम्बर ८, जनवरी १० (२०२६) र फेब्रुअरी १ मा हुने तय भएको छ ।

“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” भन्ने नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गरेको हो ।

विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद्को नेपाल स्पोर्ट्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले पुरस्कार प्रदान गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close