न्यू ग्यालेक्सीमा वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्ट्स । पोखरा–३ स्थित न्यू ग्यालेक्सी इङ्गलिश सेकेण्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत विभिन्न खेल प्रतियोगिताहरु बिहिबार सम्पन्न भएका छन् । विद्यार्थीहरुको प्रतिभा र खेलकुदप्रतिको रुचि विकासका उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा कक्षा ११–१२ र कक्षा १० सम्मका छात्र/छात्राबीच प्रतिस्पर्धा गरिएको विद्यालयका प्रिन्सिपल डा.रामजी शर्माले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत कक्षा ११–१२ तर्फ बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन र टेबल टेनिस तथा कक्षा १० सम्मका विद्यार्थीबीच बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्सका ट्र्याक एन्ड फिल्ड प्रतियोगिताहरु सञ्चालन भएका थिए ।

बास्केटबलतर्फ कक्षा १२ होटल म्यानेजमेन्ट ‘ए’ टिमले फाइनलमा कक्षा ११ ९बी० लाई हराउँदै उपाधि जित्यो । उक्त खेलमा युकेश पुर्जा उत्कृष्ट खेलाडी घोषित भए भने एप्सन केसी सर्वाधिक स्कोरर बने । छात्रातर्फ म्यानेजमेन्ट कक्षा ११ ले कक्षा १२ लाई पराजित गर्दै उपाधि हात पार्‍यो, जसमा प्रकृती मगर उत्कृष्ट खेलाडी भइन् ।

फुटसलतर्फ छात्र र छात्रा दुवै समूहमा कक्षा ११ ले कक्षा १२ लाई फाइनलमा पराजित गर्दै विजेता बने । छात्रातर्फ कक्षा ११ म्यानेजमेन्ट ‘सी’ का हेमन्त गुरुङ उत्कृष्ट खेलाडी र ओशन गुरुङ सर्वाधिक गोलकर्ता बने भने छात्रातर्फ साइन्स ‘ए’ की साधना पन्त उत्कृष्ट खेलाडी घोषित भइन् ।

भलिबलतर्फ छात्र र छात्रा दुबै समूहमा कक्षा ११ विजेता र कक्षा १२ उपविजेता बने । छात्रातर्फ प्रताप सिंह र छात्रातर्फ सिवानी हमाल उत्कृष्ट खेलाडी बने । उत्कृष्ट स्पाइकरको उपाधि विष्णु रुचालले, वेष्ट लिफ्टर रविन नेपालीले र वेष्ट डिफेन्डर अनमोल जिशीले प्राप्त गरे ।

टेबुल टेनिसमा छात्रतर्फ कक्षा ११ साइन्स ‘बी’ का रिजन छन्त्याल विजेता र प्रशान्त परियार उपविजेता बने । छात्रातर्फ कक्षा १२ साइन्स ‘सी’ की वर्षा खड्का विजेता र सिसम थापा उपविजेता घोषित भइन् ।

ब्याडमिन्टनतर्फ छात्रतर्फ कक्षा ११ साइन्स ‘बी’ का समिधान पुन विजेता र ओशन गुरुङ उपविजेता बने भने छात्रातर्फ मेनुस्का पुन विजेता र अतिथी पुन उपविजेता बनेका छन् ।

समापन कार्यक्रममा विद्यालयकी सञ्चालक लक्ष्मी माया कायस्थ, क्या.विर बहादुर गुरुङ, भाइस प्रिन्सिपल राजेश भण्डारी, सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगल, छन्त्याल समाजका उपाध्यक्ष जग नारायण छन्त्याल र शाक्य समाजका अध्यक्ष तेजेन्द्र शाक्यलगायतले विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

न्यू ग्यालेक्सी इङ्गलिश सेकेण्डरी स्कुलमा बालकक्षा देखि कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । हाल विद्यालयमा होटल म्यानेजमेन्ट, साइन्स र म्यानेजमेन्ट विषयमा अध्यापन हुँदै आएको र करिब १ हजार १ सय विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close