एन्फाविरुद्ध सडकमा आए खेलाडी

पोखरा स्पोर्ट्स ।  नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ए डिभिजन लिगको कार्यतालिका सच्याउन एक साताको अल्टिमेटम दिएको छ ।

विहिबार एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई ए डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन् ।

उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 

एन्फाले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन् ।

धर्नाका लागि एन्फा कम्प्लेक्समा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो । गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए । 

यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close