एप्स एसियाको महासभामा सहभागि हुन हङकङ जाँदै अग्रज फोटो पत्रकार रञ्जित

पोखरा स्पोर्टस । एसियाली खेलकुद पत्रकारहरुको साझ संस्था एसियाली खेलकुद पत्रकार संघ (एप्स एसिया)को महासभामा सहभागि हुन अग्रज फोटो पत्रकार एवं पोखरा स्पोर्टसका निकट सहयोगी सुदर्शन रञ्जित आज हङकङ प्रस्थान गर्ने भएका छन् ।

एप्स एसियाको २६औं महासभा चिन स्वशासित हङकङमा यहि जुन ३० देखि जुलाई ४ (असार १६–२०) सम्म आयोजना हुँदैछ ।

महासभामा सहभागि हुन एप्स एसियाका कोषाध्यक्ष निरन्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष निरन्जन अधिकारी र हिमेश रत्न बज्रचार्य आज नै हङकङ प्रस्थान गर्ने कार्यक्रम तय भएको रञ्जितले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

एप्स एसियाको महासभामा विभिन्न विषयमा कार्यशालाहरू सञ्चालन हुनेछन् भने रणनितिक छलफल तथा विषयगत गोष्ठिहरु हुनेछन् । सोही कार्यक्रममा हरेक वर्ष झैं खेलकुद पत्रकारिता संगै उत्कृष्ट हुने विभिन्न देशका खेलकुद पत्रकारहरुलाई समेत अवार्ड प्रदान गरिनेछ ।

एप्स एसियाको २५ औं महासभा गत वर्ष नेपालमा आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close