रियल म्याड्रिड लिभरपुलसँग पराजित

पोखरा स्पोर्ट्स । लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा लिभरपुलले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

लिभरपुलको जितमा खेलको ६१औं मिनेटमा एलेक्सिस म्याक अलिस्टरले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । 

यो जितपछि लिभरपुलको ४ खेलमा ८ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ ।  त्यस्तै रियल म्याड्रिडको पनि ४ खेलमा ९ अंक छ र हाल पाँचौ स्थानमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close