मिस्टिक माउन्टेन टेनिसमा पोखरेली टेनिस खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

पोखरा स्पोर्ट्स । काठमाण्डौमा मंगलबारबाट सुरू भएको होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा पोखरेली जुनियर खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

‘खेल्छ गण्डकी’ टेनिस कार्यक्रमबाट उत्पादित खेलाडीहरु मध्ये यु–१६ ब्वाइज सिंगल्समा सन्दिप विक, अभिषेक गुरुङ, सुरेन्द्र विक र सूर्यान्श श्रेष्ठले जित हात पारेका हुन् ।

त्यस्तै  यू–१६ तर्फनै दर्शिल श्रेष्ठले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । उनले ओपनतर्फ समेत पहिलो चरणमा सफलता प्राप्त गरे ।

यसै गरी यू१४ ब्वाइज सिंगल्समा आर्यशराज पौडेल र सुरेन्द्र विकल आ–आफ्नो खेलमा जित हात पारेका छन् । त्यस्तै गर्ल्स सिंगल्समा पोखरेली खेलाडी सिभाली गुरूङ पहिलो चरणको खेलमा बिजयी बनेकी छन् ।

यु–१२ ब्वाइज सिंगल्समा अभिषेक बयल्कोटीले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरे । उनी खेल्छ गण्डकीबाट उत्पादित खेलाडी हुन् ।

त्यस्तै आज नै सम्पन्न यु–१० ब्वाइज सिंगल्समा सोनम घले, तोनिश श्रेष्ठ, सविक पोखरेल र बसिटा क्षेत्री अगाडि बढे । उक्त स्पर्धाको गल्र्समा निम्ति कुँवर, अमिरा गुप्ता, रजिशा जोशी र जेरुशा राजवंशीले सफलता हात पारे ।

यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठ, निर्भाना मुन्दरा, विविध भट्टचन, सुविज्ञा बुढाथोकी, सर्वज्ञ खत्री, मिहिर श्रेष्ठ, सत्विक मल्होत्रा र वंशिल अग्रवालले पहिलो चरण पार गरे । सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठ, बेनाफ्सा महर्जन, अनुपमा श्रेष्ठ र भानी राजभण्डारी विजयी भए ।

यु–९ ब्वाइज सिंगल्समा कायान चालिसे, सोनाम घले, आयन पन्त र सर्वज्ञजंग खत्रीले जित हात पारे । त्यसै स्पर्धाको गर्ल्समा बेनाफ्सा महर्जन र स्वर्णिमा श्रेष्ठ सफल भए ।

यस्तै देवाशिष रेउलेले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार विजयी सुरुआत गरेका छन् । प्रतियोगितामा देवाशिषले ओजेज महर्जनलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धाको अन्य खेलमा साश्वत बज्रचार्य, आयुशमान घले, निश्चल कायश्थ, असभसम्राट हाडा, छेवाङ लामा, सर्वेश खनाल, विपुल अधिकारी, सन्तोष खत्री र निहाल जंगबहादुर थापाले सफलता पाए ।

प्रतियोगिताको मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजु र नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले एक कार्यक्रमबीच उद्घाटन गरे । १६ स्पर्धा समावेश पाँचदिने प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी छन् । दोश्रो संस्करणको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close