एनपिएल–२ का लागि ‘एक्स स्टेप नेपाल’ एपेरियल पार्टनर

पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पार्टनरका रूपमा रहने भएको छ ।

एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालि र क्यानबीच एपेरियल पार्टनरको सम्झौता भएको हो । सम्झौतामा रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता यो वर्षका लागि मात्र लागू हुनेछ।

रेन्बोका प्रबन्ध निर्देशक श्रेष्ठले रेन्बोले विगत धेरै वर्षदेखि एक्स स्टेपको स्पोर्टस वेयर नेपालमा बिक्री गर्दै आएको र विभिन्न खेलमा प्रायोजन गर्दै आएको उल्लेख गर्दै पहिलो पटक क्रिकेटमा, त्यो पनि लोकप्रिय एनपिएलमा सहकार्य गर्न पाउँदा खुशी लागेको जनाएका छन् ।

यसैबीच, एनपिएलको तयारी तीव्र रूपमा अघि बढिरहेको क्यानले जनाएको छ । ८ टोलीको सहभागितामा हुने एनपिएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close