विश्वकप लिग- २: आज नेपाल र अमेरिकाबीच खेल हुदै

पोखरा स्पोर्ट्स । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुदैछ ।  आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । 

यस सिरिजमा नेपालले शुरुका दुई खेलमा हार बेहोरेको छ । नेपाल अमेरिकासँगको पहिलो खेल १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै अमेरिकाले भने नेपाल र युएईसँग जित हासिल गरेको छ । 

आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म १० पटक आमने सामने भएका छन् । जसमा अमेरिकाले ५ र नेपालले ४ खेल जितेको छ । त्यस्तै एक खेल टाइ भएको थियो । 

हालसम्म आइसीसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा अमेरिका २२ खेल खेल्दै ३२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी नेपालले भने अहिलेसम्म खेलेका १८ खेलमा केवल ५ खेल जितेको छ भने २ खेलमा अंक बाँडेको छ । त्यस्तै ११  खेलमा हार बेहोरेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close