काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको निराशाजनक प्रदर्शन, श्रीलंका संग पराजित

पोखरा स्पोर्ट्स । नेपाली राष्ट्रिय भलिबल टोलीले बंगलादेशको मिरपुरमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा लगातार हार बेहोरोको छ ।

लिगअन्तर्गत अन्तिम खेल श्रीलंका विरुद्ध खेलेको नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । आफ्नो अन्तिम खेलमा निकै थकित देखिएको नेपाली टोलीले पहिलो सेट १८–२५ ले गुमायो ।

दोस्रो सेटमा समेत श्रीलंका नेपाल विरुद्ध हावी हुँदै १८–२५ ले नै खेल आफ्नो पक्षमा पार्न सफल भयो । तेश्रो सेटमा समेत श्रीलंकाले नेपाललाई पुरै दबाबमा राख्यो । उसले १९–२५ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

अब लिग चरणमा ५ खेलबाट ४ अंक जोडेको नेपालले पाँचौ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली खेल्ने तालिका रहेको छ 

जारी प्रतियोगितामा नेपालले खासै चम्तकारिक प्रदर्शन गर्न सकेन । नेपाल भलिबल संघले छनौट गरेको टिममा ठूलो बिवादको सामना गर्नु परेको थियो जसका कारण मुख्य प्रशिक्षक जगदिश भट्टले समेत सामाजिक सञ्जालबाट टिममा नरहने संकेत गरेका थिए । यो हार संगै नेपाल आफूले खेलेको ५ खेलमा चारमा हार र एकमा जित निकाल्दै खाली हात स्वदेश फर्किने छ ।

नेपाल भलिबल संघले यस पटक प्रमुख प्रशिक्षकको जिम्मेवारी भरत यादवलाई दिएको थियो भने कप्तानीमा पुनः हरिहजुर थापालाई सुम्पिएको थियो । नेपाली टोलीमा यादब, अर्जुन नेपाली, सफल विक, रबिन नगरकोटि, नृपध्वज बस्नेत, हरिहजुर थापा, सुजन सुनार, विनोद चन्द र सन्तोष राई रहेका थियो ।

त्यस्तै टिम व्यवस्थापकमा प्रविन श्रेष्ठ तथा प्रमुख प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षकमा उत्सव खडका रहेका थिए ।

नेपाली राष्ट्रिय खेल समेत रहेको भलिबल र राज्यको ठूलो लगानी रहेको भलिबलमा अन्तर्राष्ट्रिय ऐरिना नेपाली टिमले गरेको प्रदर्शनबाट प्रशंसकहरु निराश बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close