
पोखरा स्पोर्ट्स । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत नेपाल पराजित भएको छ ।
जारी खेलमा नेपाल अफगानिस्तान संग ३–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट २५–१८ ले गुमाएको नेपालले दोस्रो सेट २५–१४ ले गुमायो । त्यस्तै तेस्रो सेटमा नेपालले अफगानिस्तानलाई २५–२१ ले खेल सुम्पियो ।
काभा मेन्स च्याम्पियनसिपमा उत्कृष्ट टिम छनौट गरी पठाएको दावी नेपाल भलिबल संघले गरेको थियो । तर नेपालले खेलेको चार खेलमा तीनमा हार र एकमा जित निकालेको छ । नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।
नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।
