प्रधानमन्त्री ओलीले उद्घाटन गरेको अनुसन्धान केन्द्र र हाइ पर्फमेन्स सेन्टरमा के छ सुविधा?

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइ पर्फमेन्स सेन्टरको बिहीबार उद्घाटन गरे । उनले उद्घाटन गरेका दुवै नवनिर्मित संरचना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा राखेपले निर्माण गरेको हो ।

जय होस नेपाली खेलकुद
नेपाल सरकारले नेपाली खेलकुदको विकासका लागि पहिलो पटक यो सेन्टरको स्थापना गरेको हो । राजधानी केन्द्रित सेन्टरले केही खेलाडीहरुका लागि सुविधा प्रदान गरे पनि सातै प्रदेशमा यस प्रकारका सेन्टरहरु निर्माण गर्न सबैलाई समान पहुँच पुर्याउन खेलाडीहरुले दवाव दिनुपर्ने छ ।

कस्तो छ हाई प्रर्फमेन्स सेन्टर ? के छ सुविधा ?
नेपाली खेलकुद इतिहासमा पहिलोपटक खेलाडीका लागि उच्चस्तरको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र निर्माण भएको हो । सेन्टरको निर्माणले नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको अभावलाई थोरै भए पनि पुर्ति गर्ने छ ।

सेन्टरमा १ सय जनाले एकै पटक अभ्यास गर्न सक्ने छन् । सेन्टरको क्षेत्रफल ७ हजार ५ सय ७८ वर्ग फिट रहेको छ । सेन्टरमा जिम हलको पनि सुविधा छ । त्यसको क्षेत्रफल ४ हजार ९६ वर्ग फिट छ ।

जिमहलमा १० वटा बाथरुम, ३० जनाले एकै पटक प्रयोग गर्न सक्ने चेन्जिङ रुम, लकर रुम, कार्यालय कक्ष, भण्डार कोठा, सुविधा सम्पन्न शौचालय, थेरापी रुम, स्टिम रुम, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, सिटेड रो, पुलडाउन, स्क्वाट स्टेन्ड, फङसनल ट्रेनिङ सिस्टम, एङगल्ड लेग प्रेस, लेग एक्सटेन्सन, लेग कर्ल, स्मिथ मसिन, पावर स्टेन्ड, एड्जस्टेबल डिक्लाइन स्टेन्ड, फ्लेट स्टेन्ड, ओलम्पिक फ्लेट स्टेन्ड, डिप÷चिन एसिस्ट, सिटेड काल्फ, वेट प्लेट ट्रि, टु टायर डम्बेल स्टेन्ड, बारबेल ¥याक स्ट्रेट, ब्याक एक्सटेन्सन लगायतका उपकरणहरु रहेका छन् ।

त्यस्तै अध्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परिक्षण र अनुसान्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उदेश्यसहित राखेपले अनुसन्धान केन्द्र स्थापना गरेको छ ।

केन्द्रमा पोर्टेबल भीओ, टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, सर्फेस इएमजी, मोसन ट्रेकिङ, बीएफआर, एसभीटी (इन ह्यान्ड को–ओर्डिनेसन टेस्ट, साइकल इर्गोमिटर, बायो मेकानिक्स फुल सिस्टम विथ सफ्टवेयर, टाइमिङ गेट, इसोकाइनेटेक, डुएल प्लेट र इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटरलगायतका उपकरण राखिएको छ ।

उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले केन्द्र र सेन्टरमा रहेका उपकरणका बारेमा पनि जानकारी समेत लिए भने परिसर हातामै रहेको आउटडोर पौडी पोखरी र हिटिङ पौडीको पनि अवलोकन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधानका बावजुद खेलाडीले प्रगति गर्नुका साथै देशको गौरव कायम गरेको बताउदै सेन्टरले खेलाडीको खेल गुणस्तरमा परिवर्तन ल्याउने धारणा व्यक्त गरे । उनले सेन्टरको सक्दो सदुपयोग गर्न सुझाउदै सेन्टरको प्रयोगले खेल र खेलाडी व्यवसायीक हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूूर्यविनायकमा कम्तीमा २५ देखि ५० हजार दर्शक अट्ने रंगशाला बनाउने योजना रहेको बताउदै कीर्तिपुर रंगशालाको क्षमता पनि दोश्रो चरणमा विस्तार गरिने बताए ।

प्रधानमन्त्री ओलीले राखेप जुन ‘टिम स्पिरिट’ का साथ खेलकुदलाई अगाडि बढाइरहेको छ त्यसलाई अगामी दिनमा ‘टिम स्पिरिट’ लाई अगाडि बढाउन बताउदै राखेपकालाई बधाइ दिए । उनले मिसन– २०२६ को तयारीलाई भब्यताका साथ अगाडि बढाउन बताउदै खेलाडीहरुले जित्ने आत्मविश्वासका साथ अगाडि बढनु पर्ने बताए ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी सेन्टर र केन्द्रबाट खेलाडीले थप लाभ लिने विश्वास व्यक्त गर्दै खेलाडीको क्षमता मापन गर्न पनि सहज हुने बताए । उनले यस्तो संरचनाको सातै प्रदेशमा आवश्यक रहेको बताए ।

राखेपका उपाध्यक्ष ध्रुव आचार्यले खेलाडी देश बनाउने आधारभूत श्रोत र शक्ति भएको बताउदै खेलकुद दक्ष र स्वस्थ नागरिक निर्माण गर्ने महत्वपूर्ण माध्यम मध्येको एक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close