रोहित शर्माको शतकमा भारतको अस्ट्रेलियाविरुद्ध सान्त्वना जित

पोखरा स्पोर्ट्स । भारतले अस्ट्रेलियाविरुद्धको तीन एकदिवसीय खेलको सिरिजको अन्तिम खेलमा प्रभावशाली प्रदर्शन गर्दै ९ विकेटको विजयी नतिजा निकालेको छ ।

अस्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य पछाएको भारतले ३८.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

कप्तान रोहित शर्माले आक्रामक शतक प्रहार गर्दै १२५ बलमा १३ चौका र ३ छक्कासहित अविजित १२१ रन बनाए । विराट कोहलीले पनि उत्कृष्ट साथ दिँदै ८१ बलमा ७ चौकासहित अविजित ७४ रनको योगदान गरे । शुभमन गिल २४ रनमा आउट भए ।

अस्ट्रेलियाका बलरमध्ये जोश हेजलवुडले एक मात्र विकेट लिन सफल भए ।

सिड्नी क्रिकेट ग्राउन्डमा भएको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २३६ रनको योगफल बनाएको थियो ।

अस्ट्रेलियाका लागि म्याट रेनशले सर्वाधिक ५६ रन बनाए भने कप्तान मिचेल मार्सले ४१, म्याथ्यू सर्टले ३० र एलेक्स केरीले २४ रनको योगदान दिए ।

भारतका बलरमध्ये हर्षित राणाले ८.४ ओभरमा ३९ रन दिएर ४ विकेट लिए । वासिङटन सुन्दरले २ विकेट, मोहम्मद सिराज, अक्षर पटेल, कुलदीप यादव र प्रसिद्ध कृष्णाले समान १–१ विकेट लिए ।

यस जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिज २–१ ले जितेको छ । अब भारत र अस्ट्रेलियाबीच ५ खेलको टी२० सिरिज हुने छ । सिरिजको पहिलो खेल अक्टोबर २९ मा हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close