विश्वकप लिग-२ को सिरिज खेल्ने अमेरिकन टिमको घोषणा

पोखरा स्पोर्ट्स ।  अमेरिकाले आईसीसी विश्वकप लिग-२ का लागि १५ सदस्यीय टिमको  घोषणा गरको छ । आइतबारदेखि शुरु हुने सिरिजका लागि अमेरिकाले मोनांक पटेलको कप्तानीमा टिमको घोषणा गरेको हो ।

अमेरिकी टिममा अलराउन्डर शुभम सुभाष रञ्जने र रुशील उगारकर पहिलो पटक अमेरिकाको टिममा समावेश गरिएको छ । दुवैले यस सिरिजमा डेभ्यु गर्न सक्छन् । 

अमेरिकी टिममा मोनांक पटेल (कप्तान), जेसी सिंह (उपकप्तान), सौरभ नेत्रावलकर, रुशिल उगारकर नोस्टहश केन्जीगे, मिलिन्द कुमार, स्मित पटेल, शायन जहाँगीर, जुआनोय ड्रिसडेल, सञ्जय कृष्णमूर्ति,  हरमित सिंह, यासिर मोहम्मद, साइतेजा मुक्कामल्ला, शुभम रञ्जने र एन्ड्रिज गौस रहेका छन् । अमेरिकाको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close